Logo

कांग्रेसले राष्ट्रपतिको उम्मेद्‍वार भोलिमात्रै टुङ्गयाउने



काठमाडौं, १२ फागुन । ८ दलिय गठबन्धनले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै कांग्रेसले आफ्नो उम्मेद्‍वार भोलि टुङ्गयाउने भएको छ।

कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने जनाएको छ।

कांग्रेसबाट राष्ट्रपतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतको नाम चर्चामा छ।

राष्ट्रपति निर्वाचनका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस्