Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक र समर्थक को–को ?



काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् । पौडेललाई आठ दलीय गठबन्धनको समर्थन रहेको छ ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन् ।

त्यसैगरी, पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादीका सांसद हितराज पाण्डे रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot