Logo

कांग्रेस प्रवक्ता भन्छन्–‘सरकार सञ्चालनमा नयाँ समीकरण’



काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने संक्रेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महतले राष्ट्रपति निर्वाचनले नयाँ सत्ता समीकरणको ढोका खोलेको टिप्पणी गरेका हुन् ।

‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ । अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ,’ प्रवक्ता महतले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot