Logo

राष्ट्रपतिमा दुई जनाको मात्रै उम्मेद्‍वारी



काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि दुई जनाको मात्रै उम्मेद्‍वारी परेको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गराएका छन्।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्। समर्थकमा भने महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रन्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।

यस्तै, नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ्, गोकर्णराज बिष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्। नेम्वाङलाई योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल र अमन कुमार मास्केको समर्थन रहेको छ।



प्रतिक्रिया दिनुहोस्