Logo

शुभगृह कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा ठकुरी



काठमाडौं, १३ फागुन ।  शुभगृह इस्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा सञ्चारकर्मी सुरजसिंह ठकुरी नियुक्त भएका छन्।
शनिबार आयोजित कार्यक्रममा ठकुरी र कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले एम्बासडर नियुक्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, साँसद विराजभक्त श्रेष्ठ, गैरआवासीय नेपाली संघकी नेतृ रञ्जु थापालगायतले बोलेका थिए। ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, अमेरिका, बेलायत केन्द्रीत रहेको शैक्षिक परामर्श संस्था हो।
शुभगृहकी संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै भए पनि कम्पनीले उनीहरुलाई लक्ष्यमा पुग्न सही बाटो प्रदान गर्ने बताइन्।



प्रतिक्रिया दिनुहोस्