काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि रामचन्द्र पौडेल देउवा निवास धुम्बराही पुगेका छन्।
राष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएका पौडेलले फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको बारेमा छलफल गर्न देउवा निवास पुगेका हुन्।
राष्ट्रपतिमा ८ दलिय समर्थनसहित मनोनयन दर्ता गराएका पौडेलले आजबाट सक्रियता बढाएका छन्।
पौडेलले आज नै रास्वपाका सभापति रबि लामिछानेलाई भेटेरै भोट मागेका छन्।