काठमाडौं, १४ फागुन । राप्रपाका मन्त्रीहरुको राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका छन्। राप्रपाले शनिबारमात्रै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका थिए।
शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्रीले राजीनामा बुझाएका थिए।
उनीहरुको राजीनामा प्रधानमन्त्री दाहालले आजमात्रै स्वीकृत गरेका हुन्।