Logo

बैतडीका बुडालको शव चौलानी नदीमा भेटियो



काठमाडौं, १४ फागुन । चौलानी नदीमा एक जनाको शव भेटिएको छ। बैतडी दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालको शव दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा भेटिएको छ।

शनीबार उनी घरबाट साथीहरुसँग पिकनिक खानभनि गएका थिए। उनीसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए। तर शनिबार राति नै उनको शव चौलानी नदी किनारमा भेटिएको हो।

घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए।

दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए। बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन नभएको डीएसपी शाहीले बताए।

मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरहेका थिए। उनी केही दिन अघि विदामा घर आएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot