Logo

बालुवाटारको ८ दलीय बैठकमा को-को छन् सहभागी



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

बैठक अहिले ६ बजेदेखि बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।

राष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएका रामचन्द्र पौडेलको पक्षमा अन्य दलसँग मत माग्नेदेखि सत्ता सहकार्यबारे छलफल भइरहरेको नेताहरुले बताएका छन्।

आजको बैठकमा आठ दलका शीर्ष नेताहरुले सहभागिता जनाएका छन्। बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्री दाहाल, देव गुरुङ्, जनमतबाट मन्त्री अब्दुल खान र अशोक राइ रहेका छन्।

यस्तै, नाउपाबाट अध्यक्ष रन्जिता श्रेष्ठ, नेतृ एलिजा गौतम, जनमोर्चबाट अध्यक्ष चित्रबहादुर केसी, जसपाबाट अशोक राइ, राजेन्द्र श्रेष्ठ, लोसपाबाट अध्यक्ष महेन्द्र ठाकुर र सरतसिंह भण्डारी सहभागी रहेका छन्।



प्रतिक्रिया दिनुहोस्