Logo

एमाले सरकारबाट बाहिरिन लागेको हो ? यसो भन्छन् ओली…



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । परराष्ट्रमन्त्री विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेभा भ्रमण रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चारकर्मीहरुले सरकारबाट बाहिरिन लागेको हो ? भनि प्रश्न गरेको छन् । जवाफमा उनले एमाले सरकारबाट बाहिरिए छिट्टै खबर आउने बताए । ‘सरकार छोड्ने तयारी रहेछ भने खबर आइहाल्छ नि !’ ओलीले सञ्चारकर्मीहरुसँग भने ।

गत पुष १० मा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति बनेको थियो । सहमतिको विरुद्धमा माओवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने देखिएपछि एमाले–माओवादीबीचको सम्बन्ध थप चिसिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्