Logo

नेकपा ब्युँत्याउन ओलीका कारण सम्भव भएन– माधव नेपाल



काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले तत्कालीन नेकपा ब्युँतिने पहल अगाडि नबढ्दा अहिलेको गठबन्धन टुटेको खुलासा गरेका छन् । आज (सोमबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपा (एमाले) नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) लाई मिलाएर तत्कालीन नेकपा ब्युँताउन सकिन्छ की भनेर लागिपरे पनि त्यो असम्भव भएको बताएका हुन् ।

‘नेकपा ब्युँत्याउनका लागि केपी ओलीले वार्ता संवाद गरेपछि हामीले केही सम्भावना छ कि भने सम्भावनाको खोजी गर्यो । एमाले,माओवादी र नेकपा एकीकृत समाजवादीलाई मिलाएर २०७५ जेठ ३ को बिन्दुमा अर्थात् नेकपाको बिन्दुमा रहन सकिन्छ भनेका थियौं । त्यो सम्भव भएन । हाम्रो पहल अगाडि बढेन,’– उनले भने । साथै, राष्ट्रपतिमा आठ दलले उठाएको उम्मेदवार रामचन्द्र पौडेल नै विजयी हुने उनले ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot