काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी रहमानको गत शनिबार हृदयघातको कारण निधन भएको थियो । उनी जसपा केन्द्रीय सदस्यसमेत थिइन् ।
अर्को संसद् बैठक आगामी फागुन १७ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ ।