Logo

सन्दीपको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ सकिएको छ । उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च गएका थिए । आइतबार सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज (सोमबार) का सुनुवाइमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए । त्यसैगरी सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए ।

नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । उनलाई धरौटीमा रिहा गर्दा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं छाडेर बाहिर जाँदा अनुमति लिनुपर्ने लगायतका शर्तहरु राखेको थियो । धरौटी रकम बढी भएको, विदेश खेल्न जान पाउनुपर्ने लगायतका माग राख्दै सन्दीप सर्वोच्च पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot