काठमाडौं, १५ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले सातै प्रदेशका सांसद्हरुको भेला गर्ने भएको छ।
नवनिर्मित गठबन्धनले आफ्ना प्रदेशमा रहेका सांसद्हरुलाई गठबन्धनको औचित्य, पछिल्लो राजनीतिक समिकरण र राष्ट्रपति निर्वाचनका विषयमा जानकारी गराउन प्रदेश सांसद्हरुको भेला गर्ने भएको हो।
सांसद्हरुको भेला फागुन १९ गते काठमाडौंमा गर्ने र आफ्ना प्रदेश सांसद्हरुलाई राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई मतदान गर्न निर्देशन दिने विषयमा गठबन्धनको बैठकमा सहमती भएको एक नेताले बताए।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचनमा संघीय सांसद् र प्रदेश सांसद् मतदाता रहनेछन्।