Logo

आईसीसी यू-१९ : नेपालको लगातार तेस्रो जित



काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ।

तेस्रो खेल अन्तर्गत हङकङसँग खेलेको नेपालले हङकङ्कलाई हराउँदै लगातार जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २० रन बनाउँदै १ सय २१ रनको लक्ष्य नेपाललाई दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले २२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot