Logo

राष्ट्रपति निर्वाचनअघि नै नयाँ सत्ता समीकरण



काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अहिले नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीमात्रै सहभागी छन् । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको सामूहिक राजीनामा गराएपछि अब नयाँ सत्ता समीकरण बन्ने आधार तय भएको छ । अबको सत्ता समीकरणमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी रहने छन् ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने तयारीमा छ । यसका लागि कांग्रेसले छिट्टै आठ दलीय गठबन्धनको बैठक बोलाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ ।

आठ दलीय गठबन्धनले राष्ट्रपतिको उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफू सुरक्षित हुन राष्ट्रपति निर्वाचन अघि नै संसद्बाट विश्वासको मत लिने तयारी थालेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot