Logo

जनसम्पर्क समिति अस्ट्रेलियाले गर्‍यो कांग्रेस नेता संग्रौलालाई सम्मान



काठमाडौं, १५ फागुन । जनसम्पर्क समिति अस्ट्रेलियाले कार्यक्रम आयोजना गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलालाई सम्मान गरेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संग्रौलाले प्रवासी नेपालीहरुको आवाजलाई प्रतिनिधित्व गर्दै दोहोरो नागरिकता विधेयकलाई नयाँ राष्ट्रपतिको आगमन पश्चात् पारित हुने विश्वास व्यक्त गरिन्।

संग्रौलाले विषम राजनीतिक परिस्थितीमा कांग्रेसले सरकारलाई विश्वासको मत दिनुको कारण अहिले नयाँ परिस्थिती निमार्णमा खुल्दै आएकोसमेत स्पष्ट पारिन।

राजनीतीमा पद मात्र होइन त्याग, निष्ठा र इमानदारीता पनि महत्वपूर्ण रहने बताउँदै नेता संग्रौलाले पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेसका कैयौँ इमान्दार कार्यकर्ताहरुले पार्टीका हितका लागि आफ्नो सपनालाई तिलान्जली दिन बाध्य भएको तितो स्मरण सुनाईन्।

उनले विदेशमा बस्ने आमनेपालीहरु मुलुकको विकास निमार्णमा प्रत्यक्ष जोडिन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण माध्यम बन्न सक्ने भएकोले नेपाल सरकारले त्यसतर्फ पहल गर्नु जरुरी रहेको सुझाईन्।

कार्यक्रममा बोल्दै जनसम्पर्क समितिका पूर्व अध्यक्ष कृष्ण गिरीले दोहोरो नागरिकता र जनसम्पर्क समितिको सवालमा पार्टीको स्पष्ट धारणा आउन नसक्दा विदेशमा रहेका कार्यकर्ताहरु अलमलमा परेको गुनासो गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot