Logo

बागमतीमा सरकार छाड्न केन्द्रको निर्देशन कुर्दै एमाले



काठमाडौं, १६ फागुन । बागमती प्रदेशमा नेकपा एमालले तत्काल सरकार नछाड्ने भएको छ।

सोमबार केन्द्र सरकारबाट एमाले बाहिरिएपनि बागमती प्रदेशको हकमा केन्द्रले निर्देशन नदिँदासम्म सरकार नछाड्ने एमालेका एक मन्त्रीले बताए।

उनले एमालेको केन्द्रीय तहले सरकार छाड्न निर्देशन दिँए आफूहरु तत्काल सरकार छाडन् तयार रहेको बताए।

बागमतीमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका छन्।

यस्तै, प्रदेश सभामा एमालेका २७ सांसद् रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot