काठमाडौं, १६ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियालाई हराउँदै चौथो जित निकालेको छ।
टस जितेर पहिला ब्याटिङ् रोजेको मलेसियाले ३५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो।
नेपालले ८.६ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
मलेसियालाई ७२ रनमा समेटनका लागि नेपालका दीपेश कँडेलले ४ विकेट लिँदा आकाश चन्दले ३ विकेट लिए।
यस्तै, मिलन बोहोराले २ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए।
नेपालका लागि ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे।