काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसकी नेतृ तथा सांसद् आरजु राणा देउवाले नेपाली सेनाको सबै डाटा टर्कीमा देखेको बताएकी छिन्। नेपाल विधार्थी संघले पुल्चोकमा आयोजना गरेको ह्याकाथुन कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेतृ देउवाले नेपाली सेनाको सबै डाटा टर्कीमा देखेको बताएकी हुन्।
नेतृ देउवाले हालमात्रै पनि नेपाल सरकारका वेबसाइट ह्याक भएको बताउँदै भनिन्, ‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्यौं, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर् ? रिसेन्ट्ली सरकारकै वेबसाइट पनि ह्याक भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ।’