काठमाडौं, १६ फागुन । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सरकार नछोड्ने बताएका छन्। उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नछोड्ने बताएका हुन्।
उनले अहिलेको सरकार परिवर्तन नहुने र केही दलले सरकार छोडेको भएपनि जनमत पार्टीले सरकार नछोड्ने बताए।
यस्तै, गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने र जनमतले सरकारमा अर्को मन्त्रालयपनि पाउने अध्यक्ष राउतले बताए।