Logo

ओलीको आग्रहपछि राप्रपाले प्रदेश-१ को सरकार नछाड्ने



काठमाडौं, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश १ को प्रदेश सरकार नछाड्ने निर्णय गरेको छ।

संघीय सरकार र बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रदेश-१ को सरकारबाट नबाहिरिने निर्णय गरेको हो।

अन्य प्रदेश सरकारभन्दा फरक रहेको र केही अर्को विषम परिस्थित बनेमात्र सरकार छोड्ने तर नबने सरकारबाट नबाहिरिने निर्णय भएको संसदीय दलका नेता तथा मन्त्री भक्ती सिटौलाले बताए।

एमालेका ४० सांसद्‍ रहेको प्रदेश १ मा राप्रपाका ६ सांसद् र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

प्रदेश-१ मा एमालेबाट मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की रहेका छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद् आवश्यक पर्छन।



प्रतिक्रिया दिनुहोस्