Logo

खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलाको भन्दा खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज काठमाडौंमा च्यासल रंगशलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलाको भन्दा खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले भने, ‘आउने दिनमा खेल क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुन्छ। सिंगै राष्ट्रपनि सबलरुपमा अघि बढ्ने आधार निर्माण हुन्छ। आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मकरुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot