Logo

विमलेन्द्रले भने : हाम्रो ढोक्सामा माछा आइसक्यो



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् विमलेन्द्र निधीले नेपाली कांग्रेसको ढोक्सामा माछा आइसकेको बताएका छन्। नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन समारोहमा बोल्दै नेता निधीले कांग्रेसको ढोक्सामा माछा आइसकेको बताएका हुन्।

उनले भने, ‘नेपाली कांग्रेस, सत्ताधारी प्रधानमन्त्री र समर्थन गरेका दलहरुबाहेक अरुको ढोक्सामा माछा पर्नेवाला छैन। हाम्रो ढोक्सामा माछा आइसक्यो।’

नेता निधीले नेकपा एमाले र राप्रापाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँदै भने ‘उहाँले जतिबेला विश्वासको मत लिनुहुन्छ। हामीले दिएकै छौं। अहिले पनि दिन्छौं।’



प्रतिक्रिया दिनुहोस्