Logo

प्रधानमन्त्री प्रचण्डले कहिले लिँदैछन् विश्वासको मत ?



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल नेकपा (एमाले) ले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले बाहिरिएपछि अहिले सरकारमा जनमत पार्टी र माओवादी केन्द्र मात्रै सहभागी छन् । १६ वटा मन्त्रालयको भारसमेत प्रधानमन्त्री प्रचण्डलाई छ ।

सरकारलाई समर्थन दिएको दलले आफ्नो समर्थन फिर्ता लिएमा संसद्बाट प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसका आधारमा प्रधानमन्त्री प्रचण्डले निर्धारित मितिभित्र विश्वासको मत लिनु आवश्यक छ । प्रधानमन्त्री प्रचण्डले अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि मात्रै विश्वासको मत लिनेछन् । आज (बुधबार) बस्ने भनिएको संसद बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित् भएको छ । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ भने उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । अहिले बनेको आठ दलीय गठबन्धन इमनदार भएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित छ । ९८ प्रतिशत भन्दा बढी सांसद् सदस्यको विश्वासको मत पाएका प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा परेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot