Logo

सन्दीप लामिछानेलाई आज नै यूएई पठाइने



काठमाडौं, १७ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई आज नै यूएई पठाउने भएको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलामा खेल्नका लागि क्यानले सन्दीपलाई यूएई पठाउन लागेको हो ।

नाबालिका बलात्कार मुद्दामा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले निश्चित शर्तहरु राख्दै धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भएका लामिछानेले विदेश जान नपाउने, काठमाडौं छाड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने लगायतका शर्त राखेको थियो । उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च गएका सन्दीपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै उनलाई यूएई पठाउन लागिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot