Logo

राष्ट्रपति निर्वाचन : रामचन्द्रले पठाए सबै मतदातालाई चिठ्ठी



काठमाडौं, १७ फागुन । राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेलले सबै मतदाताहरुलाई चिठ्ठी पठाएका छन्।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट उम्मेद्‍वार बनेका पौडेलले आफूलाई मतदान गर्न सबै मतदाताहरुलाई पत्र पठाएका हुन्।

पौडेलको प्रतिपक्षमा एमालेबाट सुवास नेम्वाङ उम्मेद्‍वार रहेका छन्।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभाका सदस्यहरु गरी जम्मा ८८२ मतदाताहरु रहेका छन्।

राष्ट्रपतिको निर्वाचन यहीँ फागुन २५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot