Logo

प्रदेश १ को नामांकन हुँदै गर्दा निषेधज्ञा



काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकन हुँनै लाग्दा निषेधज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै प्रदेशको नामांकन प्रक्रिया प्रारम्भ भई टुङ्गो नलगोसम्म तथा नामांकरण भएपश्चातपनि असहमत पक्षबाट हुन सक्ने घटनाको जोखिमलाई मध्यनजर गर्दै निषेधज्ञा जारी गरेको जनाएको छ।

जिल्ला प्रशासन मोरङले विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्री निवास वरपर फागुन १७ गते दिउँसो ३: ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएको जनाएको छ।

प्रदेश १ को नामका लागि ‘कोशी’ पछि ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव दर्ता भएको छ। सो प्रस्तावमा प्रदेशसभामा छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्