Logo

प्रदेश १ : कांग्रेसले गर्‍यो कोशी नाम राख्ने सर्मथन फिर्ता



काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि दर्ता गराएको प्रस्तावमा समर्थक नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ।

कोशी प्रदेश नाम राख्न नेकपा एमाले प्रस्तावक रहेको थियो भने कांग्रेस समर्थक रहेको थियो।

उक्त नामको प्रस्तावकमा एमालेबाट रामबहादुर मगर रहँदा समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका थिए।

समर्थकबाट कांग्रेसले नाम फिर्ता लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

पूर्वसहमती अनुरुप माओवादी केन्द्र समर्थक नबसेपछि कांग्रेसले समर्थन फिर्ता लिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्