Logo

सन्दीप आजै युएई जाने



काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आजै युएई जाने भएका हुन्।

उनलाई आइसीसीले युएई जानका लागि अनुमति दिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।

सन्दीप नेट अभ्यासका क्रममा घाइते भएका श्याम(मौसम) ढकालको सट्टामा युएई जान लागेको क्यानले जनाएको हो।

मौसमलाई २८ फेब्रुअरीमा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा काँधमा चोट लागेको क्यानले जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला युएईमा रहेको छ। नेपालले भोलिमात्रै घरेलु टोली युएईसँग एकदिवसीय खेल खेल्दैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot