Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ– कांग्रेस नेता सिंह



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रकाशमान सिंहले राष्ट्रपतिमा रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् । बिहिबार विहान धनुषा पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनलाई लिएर आठ दलीय गठबन्धनबीच समझदारी बनेको बताएका हुन् । साथै, अहिलेको राजनीतिक परिघटनाले देशको राजनीतिलाई सही ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनेमा कुनै दुविधा नराख्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे । साथै, सरकारको नेतृत्व पनि अब आठ दलीय गठबन्धनको समझदारीमा हुने उनको दाबी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्