Logo

प्रतिवादको चक्करमा फसियो भने देशको सेवा कसले गर्छ ?– पर्यटनमन्त्री किराँती



काठमाडौं, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिवादको चक्करमा नफस्ने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमा अब्राम लिंकनका भनाई ‘यदि हाम्रो कामले जनताको भलाई भयो भने आलोचकको मुख आफैबन्द हुन्छ,’ लाई उल्लेख गर्दै उनले आफूलाई आलोचकको प्रतिवाद गर्ने फुर्सद नभएको प्रष्ट पारेका हुन् ।

‘प्रतिवाद गर्नु फुर्सद छैन हामी आफै प्रतिवादको चक्करमा फसियो भने देशको सेवा कसले गर्छ ? यदि हाम्रो कामले जनताको भलाई भयो भने आलोचकको मुख आफैबन्द हुन्छ,’ – उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्