Logo

रवि लामिछानेलाई सुरेन्द्र भण्डारीको सुझाव– ‘सत्तालिप्सा छाडिदिनुस्’



काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्तालिप्सा त्याग्न आग्रह गरेका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले रास्वपा र लामिछानेप्रति नेपाली जनताको आशा र भरोषा रहेको भन्दै उनले सत्तामोह त्यागेर नागरिकका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका हुन् ।

‘रवि लामिछानेजी नेपाली नागरिक बन्नु भएको छ । त्यसको लागि म बधाई दिन चाहन्छु । उहाँ नेपाली नागरिक भएको कारणले निर्वाचनमा उठ्न पाउनु हुन्छ । त्यो उहाँको अधिकार हो । त्यसमा म खुशी छ । रवि लामिछानेजी र उहाँहरुले शत्ताको लिप्सा राख्न हुँदैन । सत्तामा बस्ने आकांक्षा राख्न हुँदैन । नेपाली समाज रुपान्तरणको वहाक बन्नुपर्छ । दुर्गा प्रसाईँको आन्दोलनलाई साथ दिनुस्’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्