काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको आयु ५ वर्ष रहेको बताएका छन्।
८ दलीय गठबन्धनका सांसद्हरुलाई प्रशिक्षण दिई फर्किनेबेला सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ८ दलीय गठबन्धनको आयु ५ वर्ष रहेको बताएका हुन्।
यस्तै, उनले मन्त्रिपरिषद् विस्तारको कामपनि आजदेखि हुने बताएका छन्।
त्यस्तै, विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने प्रधानमन्त्री दाहालले बताए।