काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनले हारेको छ।
टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले नेपाललाई ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २८ रनको लक्ष्य दियो।
जवाफी ब्याटिङ्मा उत्रिएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो।
युएईका लागि आशिफ खानले ९९ बलमा ७२ रन जोड्दा रोहन मुस्ताफा ७६ बलमा ५३ रन जोडे।
नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले। यस्तै, सन्दीप लामिछानेले २५ रन बनाउँदा आसिफ शेखले १७ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, आरिफ शेख र कुशल मल्लले समान १/१ विकेट लिए।