Logo

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र



काठमाडौं, १८ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र सार्वजनिक गरेको छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आयोगले २ प्रकार मतपत्रको ब्यवस्था गरेको छ।

एक मतपत्र संघीय सभाका सदस्य र अर्को मतपत्र प्रदेशसभा सदस्यले प्रयोग गर्न पाउनेछन्।

मतपत्रमा राष्ट्रपतिका उमेद् वारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामसहित तस्बिर राखिएको छ।

निर्वाचनमा ३३२ संघीय सांसद र प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदान गर्न पाउनेछन्।



प्रतिक्रिया दिनुहोस्