Logo

रामचन्द्र पौडेल १० हजार भन्दाबढी मतान्तरले राष्ट्रपतिमा निर्वाचित हुने माओवादीका सचिवको दाबी (भिडियोसहित)



काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित निश्चित रहेको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस वरिष्ठ नेता पौडेलले १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरेका हुन् । राष्ट्रपति निर्वाचनमा नेताहरुको मत क्रस हुन असम्भव रहेको उनको दाबी छ । नेकपा (एमाले) ले भनेझैं जनतातिको मत सुवासचन्द्र नेम्वाङलाई जानेमा विश्वास गर्न सकिने आधार नभएको उनको दाबी छ ।

‘एमालेको प्रतिबद्ध मत एमालेमै रहला । आठ दलीय गठबन्धनको मत आफ्नो पार्टीले गरेको निर्णयभित्र जान्छ । यसमा तलमाथि हुने सम्भावना छैन । उम्मेदवार हर कोहीले मैले जित्छु भन्छ, त्यसमा कुनै शंका छैन । यहाँ झण्डै दश हजार मतभारको फरक छ,’– उनले भने ।

राष्ट्रपति निर्वाचनमा एमालेले साम,दाम, दण्ड, भेदको नीति प्रयोग गरेपनि नेम्वाङको विजय असम्भव रहेको उनको दाबी छ । प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका सांसदहरु पार्टीका लिडर भएकाले बहकिने सम्भावना नरहेको उनको दाबी छ । राष्ट्रपति निर्वाचनमा आफूहरुले राष्ट्रिय समहतिको आधारमा एकल उम्मेृदवार उठाउन खोजे पनि एमालेका कारण त्यो असम्भव भएको उनको दाबी छ ।

गत पुष १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमालेलाई राष्ट्रपति दिने बारेमा कुनै सहमति नभएको उनले बताए । एमालेले अहिले आगामी फागुन २५ गते अगाडि नै अर्को सरकार गठन गरिदिने जस्तो कुरा गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वमा कुनै प्रश्न नहरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot