Logo

‘शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन माओवादीले पौडेललाई राष्ट्रपति बनाउँछ’



काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगामी राष्ट्रपति निर्वाचनमा निर्वाचित गराउने बताएका छन्।

१२ बुँदे शान्ति सम्झौता प्रकियालाई टुगोंमा लगाउन त्यसका हस्ताक्षरकर्ताहरु मिल्न जरुरी रहेको बताउँदै माओवादीले राष्ट्रपतिमा कांग्रसका उम्मेद्‍वार पौडेललाई जिताए शान्ति प्रक्रियाका बाँकी कामहरु गर्न सहज हुने बताए।

विराटनगरको कार्यक्रममा बोल्दै महराले भने,  ‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हुन्।

यस्तै, उनले गणतन्त्रको रक्षा सबैको दायित्व रहेको पनि बताए।

‘हामीले ल्याएको गणतन्त्रभित्र हाम्रै सरकारमा बसेर गणतन्त्रको विरोध, राज्य संरचनाको विरोध, धर्मनिरिपेक्षताका विरोधीतत्वहरुले संविधान नै उल्टयाउने काम गरिरहँदा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो’ उनले भने।



प्रतिक्रिया दिनुहोस्