काठमाडौं, १९ फागुन । प्रतिनिभिसभाकी उपसभाखुम इन्दीरा रानाले सुविधा नपाएको भन्दै गुनासो पोखेकी छिन्।
आफू सांसद् हुँदा सेवासुविधाको बारेमा त्यति ख्याल नगरेपनि उपसभामुखमा निर्वाचित भएपछि कामकर्तव्य र सेवा सुविधा खोज्दै जाँदा आफूले पाउनुपर्ने सुविधासमेत नपाएको उनले बताइन्।
भ्रष्टाचारविरुद्ध सांसद्हरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले सुविधा नपाएको भनि गुनासो पोखेकी हुन्।
सरकारको माथिल्लो निकायदेखि नै भ्रष्टाचार भइरहेको र आफू सानो पार्टीको भएको हुँदा सरकारले आफ्नो सेवासुविधासमेत नदिएको बताइन्। उनले पुरुष उपसभामुख हुँदा मन्त्रीसरह सुरक्षाका लागि सेनासम्मको ब्यवस्था गरेको तर आफूलाई भने हेपिएको महशुस भएको बताए।
उनले आफू हाल मासिक ४४ हजार घरको भाडा तिरेर बसिरहेको भन्दै भने, ‘उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’