काठमाडौं, १९ फागुन । एमालेबाट राष्ट्रपति पदका उम्मेद्वार रहेका सुवास नेम्वाङ यतिबेला भोट माग्न ब्यस्त रहेका छन्।
मतदानको समयनजिकिएसँग नेम्वाङ विभिन्न राजनीतिक दलहरुका कार्यक्रताहरुलाई भेटेर नै राष्ट्रपतिमा आफूलाई निर्वाचि गराउन भोट मागिरहेका छन्।
यसैबीच नेम्वाङ अहिले जनमत पार्टीका अध्यक्ष डा सिके राउत भेट्न उनको पार्टी कार्यालय पुगेका छन्।
बुद्धनगरस्थित पार्टी कार्यालयमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सहभागी थिए।
भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।