काठमाडौं, १९ फागुन । नेपाली कांग्रेससहित ८ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेद्वार बनेका रामचन्द्र पौडेल यतिबेला भोट माग्न ब्यस्त रहेका छन्।
उनी आज कांग्रेस नेताहरु डा प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरुलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका हुन्।
पौडेलले रास्वपाका सभापति तथा अन्य नेताहरुसँग आफूलाई भोट दिनका लागि आग्रह गरेका छन्।
यस्तै, पौडेल पुग्नु अघि एमालेबाट अर्का राष्ट्रपतिका उम्मेद्वार सुवास नेम्वाङपनि रास्वपाको पार्टी कार्यालय पुगेका थिए।