काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले पपुवा न्यूगिनी(पिएनजी)लाई ३ विकेटले हराएको छ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।
पीएनजी ४९. २ बलमा अलआउट हुँदै १ सय ७९ रन जोड्दै १ सय ८० रनको लक्ष्य दियो।
जवाफि ब्याटिङमा उत्रेको नेपालले १२ बल बाकीँ रहँदै ७ विकेट गुमाएर १८२ रन जोड्यो।
नेपालका लागि आसिफ सेखले सर्वाधिक १३० बलमा २ चौका र १ छक्काको मद्धतले ८६ रन जोडे।
त्यस्तै, सन्दीप लामिछानेले ५० बलमा ३ चौकासहित ३५ रन जोडे।
पिएनजीकालागि ओपनर टोनी उराले सर्वाधिक ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे।