Logo

लिखित सहमतिबिना बिश्वासको मत दिन सकिँदैन– रञ्जिता श्रेष्ठ



काठमाडौं, २० फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने प्रष्ट पारेकी छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट भोलि (फागुन २१ गते) विश्वासको मत लिँदैछन् । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारलाई रास्वपाले विश्वासको मत नदिँदा प्रदेश सरकार ढलेको थियो ।

प्रदेश सभामा सबैभन्दा धेरै सांसद सदस्य रहेको दलको संददीय दलको नेताको हैसियतमा शाह गत माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि केन्द्रमा बनेको आठ दलीय गठबन्धनले साथ दिएमा शाह नेतृत्वको प्रदेश सरकार टिक्नेछ ।

‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’– सन्दर्भ उल्लेख नगरी उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्