काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई केही होइन भन्ने एमाले अध्यक्ष केपी ओलीले अन्ततः राष्ट्रपतिको प्रस्ताव आएको बताएका छन् ।
पार्टी निकट दलित संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘हिजोसम्म हाम्रो पार्टीलाई केही पनि भूमिका छैन । यसको कुनै अर्थ छैन भन्नेहरुले पनि हामीलाई खोजिरहेका छन् । खोज्दै, खोज्दै विभिन्न ठाउँमा भेला पार्दै प्रस्तावहरु ल्याएका छन् ।’
साथै, एमाले अध्यक्ष ओलीले ल्याएको प्रस्ताव नमानेर गल्ति गरियो भन्ने मानसिकता नराख्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । यस्तो प्रस्तावको भ्रममा पर्न नहुने उनले बताए । आफूहरु भ्रमित भएर प्रभावित नहुने उनको भनाई छ ।