Logo

पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन : उपराष्ट्रपति पुन



काठमाडौं, २० फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले पहिचानको मुद्दालाई हामीले कहिले पनि छोड्न नहुने बताएका छन्।

शनिबार काठमाडौँको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले पहिचानको मुद्दालाई छोड्न नहुने बताएका हुन्।

उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन कि होइनन् भन्ने कुरा अलि गहिरो विषय रहेको बताउँदै यसको इतिहास, तथ्यहरू हामीले हेर्न जरुरी रहेको बताए। उनले भने, ‘पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन। हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन्। त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरु गर्ने नै छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot