काठमाडौं, २० फागुन । चुनावमा अन्तरघात गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)का ८० जना नेतालाई कारवाही गर्नका लागि सिफारिस भएको छ।
यसअघि गठित भएको छानबिन समितिले शनिबार आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको थियो।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघातको आरोपमा १५२ जनामाथि बयान लिएपछि ८० जनालाई कारवाहीको माग गर्दै अध्यक्ष यादवलाई प्रतिवेदन बुझाइएको हो।