Logo

देउवाका ज्योतिषीको खुलासा– ‘देउवा एक वर्षभित्रै प्रधानमन्त्री बन्ने’ (भिडियोसहित)



काठमाडौं, २१ फागुन । चर्चित ज्योतिष अंगिरस न्यौपानेले नेपाली काङग्रेसका सभापती शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवाको सात पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको सरकार एक वर्ष नगुग्दै शंकटमा पर्ने उनको दाबी छ । एक वर्षभित्रमा शेर बहादुर देउवाको नेतृत्वका सरकार आउने उनको दाबी छ । साथैं आगामी राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित निश्चित रहेको उनले ठोकुवा गरे ।

रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति हुन योग्य व्यक्ति नभएको उनको टिप्पणी छ । कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्त पात्र भएको उनले बताए । अहिले मुलुकमा भईरहेको राजनैतिक अस्थिरताको प्रमुख पात्र गिरिजाप्रसाद कोइराला र पुष्पकमल दहाल प्रचण्ड भएको उनको आरोप छ ।

त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रको अझै राजयोग रहेको उनले खुलासा गरेका छन् । अब केपी ओली र माधव नेपाल फेरि प्रधानमन्त्री बन्ने सम्भावना नभएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्