Logo

मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने



काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ । सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले संसदहरुले शाहलाई विश्वासको मतको विपक्षमा मतदान गर्नेछन् । मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन् । शाह नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । संघमा कांग्रेससहितको आठ दलीय गठबन्धन भएकाले शाह नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिनुपर्ने प्रचण्डको अडान छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्