काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउने निश्चित भएको छ।
मुख्यमन्त्री शाहलाई आज नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने भएका हुन्।
नागरिक उन्मुक्ति पार्टीको आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
यसअघि नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरेको छ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले आज विश्वासको मत लिँदै छन्।
यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएर पदमुक्त भएका थिए।