Logo

नेप्सेको ओरालो यात्रा जारी, साताको पहिलो दिन ३० दशमलव ७७ अंकले घट्यो बजार



काठमाडौं, २१ फागुन । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

आज कारोबारको आधारमा हिमालय डिस्टिलरीले ८ करोड ४४ लाखभन्दा बढीको कारोबार गरी शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ । आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।

आजको कारोबारमा शिवम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot